Connect with trusted and experienced doctors from Nepal
Are you currently residing overseas, yet find yourself longing for the reassurance and familiarity of connecting with trusted, experienced medical professionals from your home country of Nepal?
Get Started Now
About Us
We understand your concern and have developed a solution to bridge this gap. We offer a platform where you can effortlessly and seamlessly communicate with skilled Nepalese doctors. This service allows you to seek a second opinion on your health conditions, offering the comfort and ease of consulting with a medical professional who understands your cultural background and native Nepali language.
Our Mission
To connect Nepali people living abroad with doctors from Nepal through virtual consultations.
Our Vision
To bridge the geographical gap, enabling Nepali people living abroad to consult with doctors from Nepal and equipping them with knowledge for better health.
Our values
Personalized care and connection with experienced specialists
How to use our services
Step 1
Visit app link
Step 2
Register or login
Step 3
Select Department
Step 4
Add medical records
Step 5
Pay for consultation
Step 6
Chat with doctor
Articles
April 12, 2022, 3:58 p.m.
Article by Dr. Rabindra Sharma

हात, खुट्टा र मुखका रोग: लक्षण र समाधान

गत वर्षको तुलनामा यस वर्ष हात, खुट्टा र मुखका रोग अर्थात् ‘ह्याण्ड, फुट एण्ड माउथ डिजिज’ अलि बढी नै देखिए । यद्यपि यी समस्या नयाँ भने होइनन्, निकै वर्ष अघिदेखि नै देखिँदै आएका छन्।

यस वर्षको जाडोयाम सुरु हुँदा नै ‘ह्याण्ड, फुट एण्ड माउथ डिजिज’ भएर अस्पताल पुग्ने बालबालिकाको चाप बढी नै देखियो । विशेषतः विद्यालय जाने बालबालिकामा समस्या बढी देखियो । विद्यालयमा बालबालिका एकापसमा बढी नै नजिक र घुलमिल हुने भएकाले धेरैभन्दा धेरैमा सर्ने जोखिम हुन्छ।

यो रोग सामान्यतः सबै मौसममा हुन सक्छ तर जाडो मौसम सुरु हुने बेला भने अलि बढी नै देखिने गरेको छ । वास्तवमा ह्याण्ड, फुट एण्ड माउथ डिजिज सरुवा अर्थात् सङ्क्रामक (भाइरल) रोग हो । अतः यो रोग एक–अर्काबीचको प्रत्यक्ष सम्पर्कबाट सर्दछ । ‘कोक्स्याकी भाइरस’ का कारण यसको सङ्क्रमण हुन्छ।

दस वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोग बढी देखिन्छ । बीस–बाईस वर्ष उमेरसम्मका युवायुवतीमा पनि यो समस्या देखिने गरेको छ ।

लक्षण यस्ता–यस्ता

ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएमा मुख, हात/हत्केला र पैतालामा पानीफोका देखिन्छन् । यो रोग लाग्दा पानीफोका जस्ता घाउ देखा पर्छन् । मुखभित्र, पैताला तथा हातमा ठेउलाजस्ता फोका निस्कन्छन् । कतिपयमा भने कुइँना र घुँडामा समेत यस्ता फोका देखिन्छन् ।

[image url]

ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएको अवस्थामा एक–दुई दिन हल्का ज्वरो आउन सक्छ । तर, सबैलाई ज्वरो आउँछ नै भन्ने पनि हुँदैन । घाँटी दुख्ने तथा खसखसाउने जस्तो लक्षण पनि देखिन सक्छ । बोल्न असहज हुने तथा खानपान गर्न गाह्रो हुनेजस्ता लक्षण पनि देखा पर्दछन् । फोकाहरू दुख्ने तथा चिलाउने जस्ता समस्या समेत हुन सक्दछन् ।

यो समस्या हुँदा मुखभित्र तथा जिब्रोमा घाउ आउँछ । यो रोग लागेका अधिकाङ्शको मुखभित्र र जिब्रोमा यस्तो समस्या देखिन्छ । मुखभित्र त देखिँदै आएको थियो नै, यसपालि भने मुखबाहिर र नाक वरिपरि समेत यस्ता फोका देखियो । कतिपयमा भने मुखभित्र तथा बाहिर दुवैतिर समस्या देखियो । यो रोग लाग्दा हात र खुट्टाका नङ पनि झर्न सक्दछन् ।

यस्तो छ उपचार

ह्याण्ड, फुट एण्ड माउथ डिजिज सङ्क्रमण हुँदा उपचार गर्ने विशेष एन्टिभाइरल/औषधि छैन । त्यसैले लक्षणको आधारमा उपचार विधि अपनाइन्छ । धेरै चिलाएमा चिलाई कम गर्ने औषधि दिइन्छ भने ज्वरो आए ज्वरो कम गर्ने औषधि दिइन्छ । यस रोगको उपचारका लागि सामान्यतः कडा औषधिको जरुरत पर्दैन ।

त्यसो त यो समस्या हुँदा लक्षण देखिएको केही दिनपछि आफैं निको भएर पनि जान्छ । सामान्यतः हप्ता–दस दिनपछि आफैं ठीक हुँदै जान्छ ।

मुखको घाउ निको पार्न र दुखाइ कम गर्नका लागि मलम लगाउन सकिन्छ । दैनिक साबुन–पानी वा नुन–पानीले सफा गर्न सकिन्छ । मलम तथा औषधिको प्रयोग भने चिकित्सकको सल्लाहमा मात्रै गर्नु उचित हुन्छ ।

सामान्यतः ह्याण्ड, फुट एण्ड माउथ डिजिजका कारण स्वास्थ्य नै जोखिममा परिहाल्ने र जटिलता निम्तने स्थिति खासै हुँदैन । तर, सङ्क्रमण जटिल बनेमा भने मेनेन्जाइटिस/इन्सेफ्लाइटिस हुन तथा नसासम्बन्धी समस्या निम्तन सक्दछ । यो समस्या हुँदा शरीरमा पानीको मात्रा कम (जलवियोजन) हुन सक्छ । यस्ता लक्षण देखिए बेलैमा चिकित्सकको परामर्श लिनुपर्छ ।

बच्ने यसरी

बालबालिकामा ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएमा पर्याप्त आराम गराउनुपर्छ । यस्तो सङ्क्रमण भएका बेला विद्यालय नपठाउनु नै उचित हुन्छ ।

यो समस्या भएमा बालबालिकालाई सामान्यतया पाँच–सात दिन होम आइसोलेसनमा राख्नुपर्छ । यसो गर्दा अन्य बालबालिकालाई सर्नबाट बचाउन सकिन्छ । कसैको शरीरमा देखापरेका पानीफोका अन्य बालबालिकाले चलाएमा या सँगै खानपान गरेमा सर्ने जोखिम हुन्छ ।

यो रोग लागेका बालबालिकालाई एकै ठाउँमा राखिराख्नु हुँदैन । घाउ चलाउन तथा कोट्याउन दिनु हुँदैन । सङ्क्रमित खाद्य पदार्थबाट समेत यो रोग सर्ने भएकाले राम्रोसँग सफा गरेर खानुपर्छ ।

यो रोगको सङ्क्रमण भएका बेला खानपान गर्न असहजता निम्तने र पोषणको कमी हुन जाने भएकाले प्रशास्त मात्रामा झोलिला र नरम पदार्थ खुवाउनुपर्छ ।

July 12, 2022, 7:48 a.m.
Article by Dr. Dipesh Shakya

बिना चिरफार कानको दुर्बिनद्वारा सल्यक्रिया

कान पाक्ने समस्यामा के हुन्छ ?

 

कानको इन्फेक्सनलाई दुई तरिकाले छुट्याउन सकिन्छ । 

१. कानको बाहिरी भाग वा नलीको इन्फेक्सन जसलाई ओटिटिज् एक्सटर्न भनिन्छ ।

२. कानको मध्य भागको इन्फेक्सन जसलाई ओटिटिज् मिडिया भनिन्छ । 

ओटिटिज् एक्सटर्नमा एकदम दुख्ने र नली सुन्निने हुन्छ । कान कोट्यायो भने यो समस्या हुन्छ । यो समस्या परेको खण्डमा एन्टीवायोटिक खाएपछि निको हुन्छ । यसले सुनाईमा कम हुने वा दिर्घकालिन समस्या दिने गर्दैन । 

ओटिटिज् मिडिया (कानको मध्ये भागको इन्फेक्सन) मा कान पाक्ने समस्या, कानबाट पिप आउने, कानको सुनाईमा कम हुने, कान कराउने, कान दुख्ने, चिलाउने हुन्छ भने त्यसको साथसाथै रिङ्गटा लाग्ने, ज्वरो आउनसक्ने, अनुहार बाङ्गो हुने र जटिल अवस्था सिर्जना भई दिमागसम्म गई इन्फेक्सन भई ज्यान नै जान सक्ने हुन्छ । त्यसैले गर्दा कानको समस्यालाई सामान्य सोच्नु गलत र घातक हुने हुन्छ ।

ओटिटिज् मिडिया पनि संक्रमणको अवधि (ड्युरेसन) अनुसार दुई प्रकारको हुन्छ

१. एक्युट ओटिटिज् मिडिया (भनेको संक्रमणको अवधि एक महिनाभन्दा कम)  ः एक्युट ओटिटिज् मिडियामा जाली रातो हुने, दुख्ने, कान डुम्म हुन्छ । यो प्रायः बच्चाहरुलाई हुन्छ र धेरै जस्तोलाई एन्टीबायोटिक खाएपछि निको हुन्छ । 

२. क्रोनिक ओटिटिज् मिडिया (संक्रमणको अवधि तीन महिनाभन्दा बढी) यसमा प्रायः विरामीको कानको जालीमा प्वाल वा हड्डी खिइने हुन्छ र औषधीले कान पाक्ने मात्र रोकिन्छ, धेरैलाई अप्रेशन गर्नुपर्ने हुन्छ । 

त्यस्तै कानको समस्याका आधारमा ओटिटिज्लाई फेरि अर्को किसिमले दुई प्रकारमा छुट्याउन सकिन्छ ।

१. जालीमा प्वाल पार्ने मात्र

२. हड्डी खिइने 

यी दुबै कानका समस्या जालीमा प्वाल पार्ने र हड्डी खिइनेलाई सल्यक्रिया गर्नुपर्छ ।

कान पाक्ने कारण के हो ?

कान पाक्ने मुख्य कारण भनेको नै कान इन्फेक्सन (संक्रमण) ले गर्दा हुन्छ । यो संक्रमण प्रायःजसो रुघाखोकी पछि हुन्छ । नेपालीहरुले झन् कान पाक्यो भने तेल हाल्ने चलन छ, जसले गर्दा झन् कान पाक्ने र साधारण इन्फेक्सनमा पनि जालीमा सानोबाट ठूलो प्वाल पर्ने हुनसक्छ । त्यसैले कानमा तेल हाल्नु हुँदैन । कान कोट्याउने र नाकबाट सिंगान फाल्न जोड जोडले सी सी गर्दा पनि कानमा समस्या हुन्छ र कान पाक्न सक्छ । 

कानको सल्यक्रिया

धेरै विरामीहरु कानको अप्रेशन भनेपछि डराउने गर्छन् । कान नै काटेर गर्नुपर्ने भनेपछि धेरैले अप्रेशन गर्न मान्नु हुँदैन । कानको जालीमा प्वाल पार्ने अवस्था वा हड्डी खिइने अवस्थामा दुखाई नहुने कारणले गर्ने धेरै विरामीहरुलाई त्यति वास्ता हुँदैन र कोही कोही विरामीहरु जटिल अवस्थामा पुगेपछि अस्पताल आउने गर्छन् । 

कानको समस्यालाई समान्य मान्नु मुर्खता हुनेछ । मैले आफैले कानको कारण समस्या थुपारी विरामीको ज्यान नै गएको देखेको छु । त्यसैले बेलैमा उपचार गर्ने र सल्यक्रिया गर्नुपर्ने अवस्थामा गरेको राम्रो हुन्छ । 

दुर्बिनबाट गर्ने कानको सल्यक्रिया भन्नाले के बुझिन्छ ?

दुर्बिनबाट गर्ने सल्यक्रिया भन्नाले घाउ नबनाईकन इन्डोस्कोपी प्रयोग गरेर गर्ने सल्यक्रिया हो । यो सन्सारमै नौलो प्रविधि हो, जुन सुरु भएको धेरै भएको छैन । यो प्रविधिले अप्रेशन गर्दा, बिरामीको कान काट्नु पर्दैन, कानमा बाहिर देख्ने घाउ हुँदैन, दाग हुँदैन र छिटो घाउ निको हुन्छ । 

पहिला र अहिले पनि थुप्रै इएनटी सर्जनहरुले माइक्रोस्कोपबाट हेरेर कानको अप्रेशन गर्छन् । यदि हड्डी खिइने समस्याको अप्रेशन गर्नुपर्ने खण्डमा त झन् कान काटेर नै गर्नुपर्छ तर अहिले इन्डोस्कोपी (दुर्विन) टेक्नोलोजीले गर्दा हड्डी खिइने रोगको कल्यक्रिया समेत चिरफार वा कान नकाटिकन पनि गर्न मिल्छ ।

इन्डोस्कोपीबाट कान सर्जरीका अरु फाइदाहरु के के छन् ?

अघि भनेको जस्तै कान काट्नु परेन, घाउ एकदम सानो हुने भयो र यसले गर्दा छिटो निको हुने भयो । यसले गर्दा यो सल्यक्रिया कस्मेटिकल्ली एसेप्टेबल र धेरै विरामीहरुले घाउ नहुने भनेपछि अप्रेशन गर्न मञ्जुर हुन्छन् ।

यदि कसैलाई पुलिस, आर्मी, पाइलट बन्ने इच्छा छ र कानको जालीमा समस्या भए इलिजिवल भाको छैन भने पनि इन्डोस्कोपीबाट कानको सर्जरी उनीहरुको लागि बर्दान जस्तै हो । घाउ नहुने भएकोले यो सल्यक्रिया गरेपछि पुलिस आर्मीमा पनि एप्लाई गर्न मिल्छ । 

घाउ कम हुँदा हस्पिटलमा भर्ना गर्नु परेन । घाउ सानो हुने हँुदा टाँका पनि लगाउनु परेन, कानमा ब्याण्डेज लगाउनु परेन जसले गर्दा विरामीको आर्थिक भार कम हुने हुन्छ । छिटो निको हुने हुँदा विरामी छिटो आफ्नो काममा जान पाउँछ, जसले इन्डाइरेक्ट्ली आर्थिक भार कम गर्छ । धेरै जस्तो महिला विरामीहरुको कपाल काट्नु पर्छ भनेपछि अप्रेसन गर्न रुचाउँदैनन्, इन्डोस्कोपी सर्जरी गर्दा कपाल पनि काट्नु पर्दैन । 

कान काटेर र नकाटिकन अप्रेशन गर्दा रिजल्ट कति फरक पर्छ ?

कोही कोही विरामीहरुले कान नकाटीकन गर्दा रिजल्ट नराम्रो हुन्छ कि भनेर सोच्छन्, तर यो गलत हो । दुर्बिन तरिकाले झन् राम्रोसँग भित्र दुख्ने हुँदा यसको रिजल्ट राम्रो छ । मेरो आफ्नै प्रशनल सक्सेस दर ९५ प्रतिशत छ, जुन एकदम राम्रो हो । अन्तर्राष्ट्रिय लेभलमा ९५ प्रतिशत भनेको वेल एसेप्टेड र राम्रो रिजल्ट हो । मैले आफैले १५ सय भन्दा बढी कानको सल्यक्रिया गरिसकेँ, जसमध्ये लगभग एक हजारवटा इन्डोस्कोपी भइसक्यो । त्यसमध्ये म जालीमा प्वाल पार्ने मात्र होइन, हड्डी खिइने पनि इन्डोस्कोपीबाट गरिसकेँ र रिजल्ट एकदम राम्रो छ । म सबै विरामीलाई यही विधिबाट गर्न सुझाव दिन्छु । म पर्सनल्ली आफै धेरै खुशी छु, यो प्रविधिले गर्दा । यो प्रविधि जुन संसारमै अझै नौलो छ, नेपालमा सुरु गर्न पाउँदा मलाई गर्व लाग्छ । मैले सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलिया, हङकङ, इन्डियामा गएर ट्रेनिङ गरेर त्यहाँको सल्यक्रियाको विधि सिके र त्यहीस्तरको नेपालमा सेवा दिँदै आइरहेको छु ।

July 12, 2022, 8 a.m.
Article by Dr. Simit Sapkota

गर्भवति भएका महिलालाई हुनसक्ने यस्तो क्यान्सर

गर्भवति भएका महिलाहरुमा मात्र देखिने एक प्रकारको क्यान्सरको नाम हो, 'कोरियोकार्सिनोमा'। यो बोलिचालीको भाषामा भनिने सालनालुको क्यान्सर हो। यो क्यान्सर ५० हजारमा एक जनालाई हुने सम्भावना रहन्छ।

प्रायःजसो ४५ वर्षमाथि र १६ वर्षभन्दा मुनिको उमेरमा गर्भवती भएका महिला यो क्यान्सरको उच्च जोखिममा हुन्छन्। 'कोरियो' भन्नाले सालनाल हो जसलाई मेडिकल भाषामा 'ट्रोफोब्लास्ट' भनिन्छ। त्यसकारण सालनालमा हुने क्यान्सर नै कोरियोकार्सिनोमा हो। कोरियोकार्सिनोमा महिला र पुरुषको जिनमा हुने गडबडीका कारण हुने गर्छ। जिनमा गडबडी हुँदा सालनाल बिग्रिने समस्या आउन सक्छ।

'साल' बढ्दैमा वा त्यसमा कुनै समस्या उत्पन्न हुँदैमा क्यान्सर नै हुन्छ भन्ने छैन। कहिलेकाहीँ 'हाइडाटिडिफर्म मोल' नामको ट्युमर पनि भएको हुन सक्छ। हाइडाटिडिफर्म मोल सालनाल बढ्ने समस्या हो, तर यो क्यान्सर भने होइन। हाइडाटिडिफर्म मोल पनि दुई किसिमका हुन्छन्। पार्सियल मोल (ट्युमर) : यसमा बच्चा पनि हुन्छ र सँगै ट्युमर पनि। यो समस्या भएमा गर्भवती अवस्थाको १२ हप्तासम्म बच्चा र ट्युमर सँगै बढ्छन्। तर, १६ देखि १८ हप्तामा बच्चाको मृत्यु भइसकेको हुन्छ। त्यसैले ट्युमरसँगै सालनाल र बच्चा तुरुन्तै बाहिर निकाल्नुपर्ने हुन्छ। पार्सियल मोलमा क्यान्सर हुने सम्भावना १ देखि २ प्रतिशतसम्म रहन्छ। कम्प्लिट मोल : यसमा ट्युमरले सालनाल र बच्चालाई पूरै ढाकिदिन्छ। पाठेघरमा ट्युमर मात्र रहन्छ तर सालनाल र बच्चा हुँदैन। यसमा क्यान्सर हुने सम्भावना १५ प्रतिशत हुन्छ। गर्भवती अवस्थामा हुने यो समस्या आफैँमा क्यान्सर होइन तर यस्तो समस्याले बिस्तारै कोरियोकार्सिनोमा क्यान्सर हुने सम्भावना बढाउँछ।

कसरी आउँछ सालनालमा गडबडी ?

पुरुषको शुक्रकीट र महिलाको डिम्ब मिलेर बच्चा जन्मिन्छ। तर, कहिलेकाहीँ पुरुषको शुक्रकीटले महिलाको डिम्बलाई पूरै प्रतिस्थापन गरेर बच्चा बन्नुको सट्टा ट्युमर बन्न पुग्छ। कहिलेकाहीँ पुरुषको दुई वटा शुक्रकीट महिलाको एउटा डिम्बसँग मिल्न पुग्छ र बिस्तारै त्यसले ट्युमरको रुप लिन्छ। जिनमा गडबडी हुँदा नै यो सबै समस्या हुने गर्छ। त्यस्तै, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग गर्नाले पनि यस्तो समस्या आउन सक्छ। कोरियोकार्सिनोमा क्यान्सर ठ्याक्कै यस्तै अवस्थामा मात्र हुन्छ भन्न सकिँदैन। यो क्यान्सर हाइडाटिडिफर्म हुँदा पनि हुनसक्छ, गर्भपतन गर्दा पनि हुन सक्छ र सामान्य ढंगले सुत्केरी भइसकेपछि पनि हुन सक्छ। हाइडाटिडिफर्ममा क्यान्सर हुने सम्भावना १५ प्रतिशत हुन्छ। गर्भपतन गर्दा र सामान्य डेलिभरी भइसकेपछि भने यो क्यान्सर ५० हजारमा एक जनालाई हुने विभिन्न अनुसन्धानले देखाएको छ। सालनालको कुनै एक भागमा जहिले पनि क्यान्सर हुने सम्भावना हुन्छ। अधिकांशमा सालनालसँगै क्यान्सर गराउन सक्ने कोष बाहिर निस्किन्छ तर कतिमा सालनाल निस्के पनि क्यान्सर गराउने एउटा वा दुइवटा 'कोष' पाठेघरमै बसिदिन्छ र क्यान्सर बनेर फैलिन्छ। कोरियोकार्सिनोमा क्यान्सर तुरुन्तै देखिन पनि सक्छ वा सामान्य प्रसूति भएको वा बच्चा जन्मिएको वर्षौँपछि पनि देखा पर्न सक्छ।

कोरियोकार्सिनोमा भएरनभएको पत्ता लाउने तरिका कोरियोकार्सिनोमा भएमा त्यसमा हुने ट्युमरले एक किसिमको हर्मोन उत्पादन गर्छ। त्यो हर्मोनलाई 'बी एचसिजी' भनिन्छ। गर्भवती अवस्थामा त्यो हर्मोन उच्च हुन्छ। उक्त हर्मोन सुत्केरी भएको तीनदेखि चार हप्तामा २० हजारभन्दा माथि भएमा ट्युमर हुन सक्छ। कहिलेकाहीँ सुत्केरी भएका महिलाको कलेजो अथवा फोक्सोमा क्यान्सर देखियो तर कहाँबाट क्यान्सर आयो भन्ने पत्ता नलागेमा कोरियोकार्सिनोमा भएको अनुमान गर्न सकिन्छ। तर, त्यो कसरी आयो भनेर 'बी एचसिजी' हर्मोनको मात्रा हेरेर हामीले क्यान्सर भएरनभएको, उच्च वा न्यून जोखिम भएको छुट्याउन सकिन्छ। त्यसैले यो क्यान्सरमा अरु क्यान्सरजस्तो वायप्सी गर्नुपर्दैन। लक्षण जुन ठाउँमा क्यान्सर छ त्यसअनुसार लक्षणहरु देखा पर्छन्। सुत्केरी भएपछि पाठेघरमा यो क्यान्सर छ भने, पाठेघरको आकार सामान्य अवस्थामा फर्किन समय लाग्छ। प्रायः सुत्केरी भएको ६ हप्तामा पाठेघर सामान्य आकारमा फर्किसक्नुपर्ने हुन्छ। धेरै समयसम्म निरन्तर अत्यधिक रक्तस्राव हुन्छ। फोक्सोमा फैलिएमा सास फेर्न गाह्रो हुन थाल्छ। खोक्दा रगत देखिन्छ। दिमागसम्म फैलिएमा वाकवाक लाग्ने, वान्ता हुने आदि लक्षण देखा पर्छन्। उपचार कोरियोकार्सिनोमा क्यान्सरमा अरु क्यान्सर जस्तो 'स्टेज' हुँदैन।

यसलाई न्यून जोखिम वा उच्च जोखिम गरी दुई समूहमा विभाजन गरिएको हुन्छ। न्यून जोखिम : यसमा एक किसिमको 'किमोथेरापी' दिइन्छ। यस्तो अवस्थाका बिरामीलाई 'मेथोट्रेक्साइट' वा 'एक्टिनोम्यासिन' नामको केमोथेरापी दिइन्छ। न्यून जोखिमका बिरामीमध्ये ९० प्रतिशत निको हुने सम्भावना हुन्छ। उच्च जोखिम : यसमा विभिन्न पाँच किसिमका 'किमो' मिसाएर बिरामीलाई 'इएमएरसिओ' नामक किमोथेरापी दिइन्छ। उच्च जोखिममा कलेजो र मस्तिष्कमा फैलिएको भए निको हुने सम्भावना २५ देखि ३० प्रतिशत हुन्छ। यदि, फोक्सो र पाठेघरमा फैलिएको भए ७० देखि ८० प्रतिशत निको हुने सम्भावना रहन्छ। कोरियोकार्सिनोमा क्यान्सरमा 'बि एचसिजी' को लेभल सामान्य अवस्थामा नआउन्जेलसम्म किमो दिने गरिन्छ। त्यसरी 'बि एचसिजी'को लेभल सामान्य अवस्थामा आइसकेपछि ६ हप्तासम्म फेरि किमो दिनुपर्ने हुन्छ र पटक-पटक चिकित्सकको परामर्श लिइरहनुपर्छ। त्यसकारण कोरियोकार्सिनोमा क्यान्सरमा अरु क्यान्सरजस्तो किमो कति दिनुपर्छ भन्ने टुङ्गो हुँदैन। 'बि एचसिजी' लेभल रगतको परीक्षणबाट पत्ता लाग्छ। यो क्यान्सरको उपचार अरु क्यान्सरजस्तो महँगो हुँदैन। तर पाँचदेखि सात वर्षसम्म चिकित्सकको नियमित सम्पर्कमा बस्नुपर्ने हुन्छ। कोरियोकार्सिनोमाबाट बच्ने धेरै उपाय छैनन्। तर, गर्भवती हुनुअघि र पछि डेलिभरी अघि र पछि नियमित रुपमा चिकित्सकको परामर्श लिई चेकजाँच गराइरहनुपर्ने हुन्छ। जसले जोखिम कम गर्न सहयोग पुग्नेछ। डा. सिमित सापकोटा, क्लिनिकल अन्कोलोजिस्ट

Consultation in your pockets!
Our esteemed doctors are equipped to provide personalized responses to your health queries. These exchanges occur via user-friendly chat and audio messaging services. The doctors don't just provide generic answers; they cater to your unique conditions, ensuring a personalized approach to your health concerns.