Article by Dr. Dipesh Shakya
August 06, 2025
Article by Dr. Dipesh Shakya

बिना चिरफार कानको दुर्बिनद्वारा सल्यक्रिया

कान पाक्ने समस्यामा के हुन्छ ?

 

कानको इन्फेक्सनलाई दुई तरिकाले छुट्याउन सकिन्छ । 

१. कानको बाहिरी भाग वा नलीको इन्फेक्सन जसलाई ओटिटिज् एक्सटर्न भनिन्छ ।

२. कानको मध्य भागको इन्फेक्सन जसलाई ओटिटिज् मिडिया भनिन्छ । 

ओटिटिज् एक्सटर्नमा एकदम दुख्ने र नली सुन्निने हुन्छ । कान कोट्यायो भने यो समस्या हुन्छ । यो समस्या परेको खण्डमा एन्टीवायोटिक खाएपछि निको हुन्छ । यसले सुनाईमा कम हुने वा दिर्घकालिन समस्या दिने गर्दैन । 

ओटिटिज् मिडिया (कानको मध्ये भागको इन्फेक्सन) मा कान पाक्ने समस्या, कानबाट पिप आउने, कानको सुनाईमा कम हुने, कान कराउने, कान दुख्ने, चिलाउने हुन्छ भने त्यसको साथसाथै रिङ्गटा लाग्ने, ज्वरो आउनसक्ने, अनुहार बाङ्गो हुने र जटिल अवस्था सिर्जना भई दिमागसम्म गई इन्फेक्सन भई ज्यान नै जान सक्ने हुन्छ । त्यसैले गर्दा कानको समस्यालाई सामान्य सोच्नु गलत र घातक हुने हुन्छ ।

ओटिटिज् मिडिया पनि संक्रमणको अवधि (ड्युरेसन) अनुसार दुई प्रकारको हुन्छ

१. एक्युट ओटिटिज् मिडिया (भनेको संक्रमणको अवधि एक महिनाभन्दा कम)  ः एक्युट ओटिटिज् मिडियामा जाली रातो हुने, दुख्ने, कान डुम्म हुन्छ । यो प्रायः बच्चाहरुलाई हुन्छ र धेरै जस्तोलाई एन्टीबायोटिक खाएपछि निको हुन्छ । 

२. क्रोनिक ओटिटिज् मिडिया (संक्रमणको अवधि तीन महिनाभन्दा बढी) यसमा प्रायः विरामीको कानको जालीमा प्वाल वा हड्डी खिइने हुन्छ र औषधीले कान पाक्ने मात्र रोकिन्छ, धेरैलाई अप्रेशन गर्नुपर्ने हुन्छ । 

त्यस्तै कानको समस्याका आधारमा ओटिटिज्लाई फेरि अर्को किसिमले दुई प्रकारमा छुट्याउन सकिन्छ ।

१. जालीमा प्वाल पार्ने मात्र

२. हड्डी खिइने 

यी दुबै कानका समस्या जालीमा प्वाल पार्ने र हड्डी खिइनेलाई सल्यक्रिया गर्नुपर्छ ।

कान पाक्ने कारण के हो ?

कान पाक्ने मुख्य कारण भनेको नै कान इन्फेक्सन (संक्रमण) ले गर्दा हुन्छ । यो संक्रमण प्रायःजसो रुघाखोकी पछि हुन्छ । नेपालीहरुले झन् कान पाक्यो भने तेल हाल्ने चलन छ, जसले गर्दा झन् कान पाक्ने र साधारण इन्फेक्सनमा पनि जालीमा सानोबाट ठूलो प्वाल पर्ने हुनसक्छ । त्यसैले कानमा तेल हाल्नु हुँदैन । कान कोट्याउने र नाकबाट सिंगान फाल्न जोड जोडले सी सी गर्दा पनि कानमा समस्या हुन्छ र कान पाक्न सक्छ । 

कानको सल्यक्रिया

धेरै विरामीहरु कानको अप्रेशन भनेपछि डराउने गर्छन् । कान नै काटेर गर्नुपर्ने भनेपछि धेरैले अप्रेशन गर्न मान्नु हुँदैन । कानको जालीमा प्वाल पार्ने अवस्था वा हड्डी खिइने अवस्थामा दुखाई नहुने कारणले गर्ने धेरै विरामीहरुलाई त्यति वास्ता हुँदैन र कोही कोही विरामीहरु जटिल अवस्थामा पुगेपछि अस्पताल आउने गर्छन् । 

कानको समस्यालाई समान्य मान्नु मुर्खता हुनेछ । मैले आफैले कानको कारण समस्या थुपारी विरामीको ज्यान नै गएको देखेको छु । त्यसैले बेलैमा उपचार गर्ने र सल्यक्रिया गर्नुपर्ने अवस्थामा गरेको राम्रो हुन्छ । 

दुर्बिनबाट गर्ने कानको सल्यक्रिया भन्नाले के बुझिन्छ ?

दुर्बिनबाट गर्ने सल्यक्रिया भन्नाले घाउ नबनाईकन इन्डोस्कोपी प्रयोग गरेर गर्ने सल्यक्रिया हो । यो सन्सारमै नौलो प्रविधि हो, जुन सुरु भएको धेरै भएको छैन । यो प्रविधिले अप्रेशन गर्दा, बिरामीको कान काट्नु पर्दैन, कानमा बाहिर देख्ने घाउ हुँदैन, दाग हुँदैन र छिटो घाउ निको हुन्छ । 

पहिला र अहिले पनि थुप्रै इएनटी सर्जनहरुले माइक्रोस्कोपबाट हेरेर कानको अप्रेशन गर्छन् । यदि हड्डी खिइने समस्याको अप्रेशन गर्नुपर्ने खण्डमा त झन् कान काटेर नै गर्नुपर्छ तर अहिले इन्डोस्कोपी (दुर्विन) टेक्नोलोजीले गर्दा हड्डी खिइने रोगको कल्यक्रिया समेत चिरफार वा कान नकाटिकन पनि गर्न मिल्छ ।

इन्डोस्कोपीबाट कान सर्जरीका अरु फाइदाहरु के के छन् ?

अघि भनेको जस्तै कान काट्नु परेन, घाउ एकदम सानो हुने भयो र यसले गर्दा छिटो निको हुने भयो । यसले गर्दा यो सल्यक्रिया कस्मेटिकल्ली एसेप्टेबल र धेरै विरामीहरुले घाउ नहुने भनेपछि अप्रेशन गर्न मञ्जुर हुन्छन् ।

यदि कसैलाई पुलिस, आर्मी, पाइलट बन्ने इच्छा छ र कानको जालीमा समस्या भए इलिजिवल भाको छैन भने पनि इन्डोस्कोपीबाट कानको सर्जरी उनीहरुको लागि बर्दान जस्तै हो । घाउ नहुने भएकोले यो सल्यक्रिया गरेपछि पुलिस आर्मीमा पनि एप्लाई गर्न मिल्छ । 

घाउ कम हुँदा हस्पिटलमा भर्ना गर्नु परेन । घाउ सानो हुने हँुदा टाँका पनि लगाउनु परेन, कानमा ब्याण्डेज लगाउनु परेन जसले गर्दा विरामीको आर्थिक भार कम हुने हुन्छ । छिटो निको हुने हुँदा विरामी छिटो आफ्नो काममा जान पाउँछ, जसले इन्डाइरेक्ट्ली आर्थिक भार कम गर्छ । धेरै जस्तो महिला विरामीहरुको कपाल काट्नु पर्छ भनेपछि अप्रेसन गर्न रुचाउँदैनन्, इन्डोस्कोपी सर्जरी गर्दा कपाल पनि काट्नु पर्दैन । 

कान काटेर र नकाटिकन अप्रेशन गर्दा रिजल्ट कति फरक पर्छ ?

कोही कोही विरामीहरुले कान नकाटीकन गर्दा रिजल्ट नराम्रो हुन्छ कि भनेर सोच्छन्, तर यो गलत हो । दुर्बिन तरिकाले झन् राम्रोसँग भित्र दुख्ने हुँदा यसको रिजल्ट राम्रो छ । मेरो आफ्नै प्रशनल सक्सेस दर ९५ प्रतिशत छ, जुन एकदम राम्रो हो । अन्तर्राष्ट्रिय लेभलमा ९५ प्रतिशत भनेको वेल एसेप्टेड र राम्रो रिजल्ट हो । मैले आफैले १५ सय भन्दा बढी कानको सल्यक्रिया गरिसकेँ, जसमध्ये लगभग एक हजारवटा इन्डोस्कोपी भइसक्यो । त्यसमध्ये म जालीमा प्वाल पार्ने मात्र होइन, हड्डी खिइने पनि इन्डोस्कोपीबाट गरिसकेँ र रिजल्ट एकदम राम्रो छ । म सबै विरामीलाई यही विधिबाट गर्न सुझाव दिन्छु । म पर्सनल्ली आफै धेरै खुशी छु, यो प्रविधिले गर्दा । यो प्रविधि जुन संसारमै अझै नौलो छ, नेपालमा सुरु गर्न पाउँदा मलाई गर्व लाग्छ । मैले सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलिया, हङकङ, इन्डियामा गएर ट्रेनिङ गरेर त्यहाँको सल्यक्रियाको विधि सिके र त्यहीस्तरको नेपालमा सेवा दिँदै आइरहेको छु ।


Telehealth App
Download our app to know more
Telehealth Nepal presents you the most simple yet powerful health care service in Nepal.